नेपालप्रति आक्रामक भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश

वेलकम खबर
जेष्ठ ११, २०७७

काठमाडौँ। सीमा विवादका विषयमा नेपाल र नेपालीप्रति आक्रामक रूपमा प्रस्तुत भइरहेका भारतका पत्रकार अर्नब गोस्वामीविरुद्ध मुद्दा चल्ने भएको छ। तर नेपालका विषयमा नभएर भारतमै सामाजिक सद्भाव बिथोलेको आरोपमा उनीविरुद्ध भारतीय प्रहरीले नै मुद्दा चलाउन लागेको हो। रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीले मुस्लिम समुदायको मानहानी र गाली बेइज्जती गरेको भन्दै मुम्बई प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने भएको छ।

मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेबापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकी पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मङ्गलबार खारेज भएको थियो। अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिइएको हो।

उनले टेलिभिजन कार्यक्रममार्फत मुम्बईका सुकुमबासीविरुद्ध तुच्छ र निकृष्ट भाषा प्रयोग गरेको आरोप छ। उनले केही समयअघि राष्ट्रिय काङ्ग्रेसकी अध्यक्ष सोनिया गान्धीविरूद्ध पनि आक्रामक अभिव्यक्ति दिएका थिए। उनीविरुद्ध अदालतले १४ स्थानबाट परेका उजुरी खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ। त्यसैले उनले काङ्ग्रेस आई र मुसलमानविरुद्ध कटाक्ष गर्ने गरेको पाइन्छ। पत्रकार गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्साका विषयमा नेपाली काङ्ग्रेसका नेता डा। मिनेन्द्र रिजालको पनि चर्काचर्की भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*