विश्वमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ११७ पुग्यो
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट विश्वका विभिन्न देशमा रहेका ११७ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ। एनआरएनएको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार यो हप्ता थप २१ जना नेपालीले कोरोना सङ्क्रमणबाट मृत्यु भए सँगै शनिबार बेलुका सम्म मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको हो।
यो हप्ता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको मृत्यु भएको छ। सबैभन्दा बढी बेलायतमा ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको जनाइएको छ। यस्तै संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीको मृत्यु भएको छ।
भने अमेरिकामा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या १६ पुगेको छ। साउदी अरेबियामा ७, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड्समा १, बहराइनमा १, स्वीडेनमा १, कुवेतमा १ र नेपालमा ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ।



















