भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख २५ हजार नाघ्यो
वेलकम खबर
जेष्ठ १०, २०७७
काठमाडौँ। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख २५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै कोरोना सङ्क्रमति भेटिए सँगै सङ्क्रमितको सङ्ख्या १ लाख २५ हजार १ सय १ पुगेको हो। पछिल्लो समय ६ हजार ६ सय ५४ जनाभन्दा बढीमा कोरोना भाइरस देखिएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा १ सय ३७ जनाको कोरोनाबाट निधन भएको छ। योसँगै त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ३ हजार ७ सय २० पुगेको छ। अहिले सम्म भारतमा ५१ हजार ७ सय ८३ जना उपचार पछि निको भएका छन्।



















