आज मन्त्रिपरिषद्को बैठक बस्दै
वेलकम खबर
जेष्ठ ९, २०७७
काठमाडौँ। मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने बताइएको छ।
साथै लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ। पछिल्लो समय काठमाडौँ उपत्यकामा समेत कोरोना सङ्क्रमित बिरामीहरू फेला परेका छन्। जसका कारण राजधानीमा समेत जोखिम बढिरहेको छ।



















