नेपालमा थप ३० जनामा कोरोना सङ्क्रमण सङ्क्रमितको सङ्ख्या ४८७ पुग्यो

वेलकम खबर
जेष्ठ ९, २०७७

काठमाडौँ। नेपालमा थप ३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। योसँगै सङ्क्रमितको कूल सङ्ख्या ४८७ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नवलपरासी विनय त्रिवेणी गाउँपालिका–६ निवासी ४५ वर्षीय पुरुष, भरतपुर महानगरपालिका-६ केसरबाघ चितवन निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन्। त्यस्तै नवलपरासी, सुस्ता गाउँपालिका-५ र रामग्राम नगरपालिका ३, १८ निवासी ३३, ३५ वर्षीय पुरुष, १५ वर्षीया किशोरी छन्। यता कपिल वस्तु वाणगङ्गा नगरपालिका, मायादेवी गाउँपालिका निवासी २४, २५, २७, २९, ३४, ३६, ४५, ५३ वर्षीय पुरुष तथा ८ वर्षीय बालिकामा पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ।

त्यस्तै, सर्लाहीको गोडैता नगरपालिका ८, ९, ११, १३ र १४ र रामनगर बहुअर्वा गाउँपालिका-७ निवासी २२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८, ३९ वर्षीय पुरुष र १८ वर्षीया युवतीमा सङ्क्रमण पुष्टि भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*