कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख ३४ हजार नाघ्यो

वेलकम खबर
जेष्ठ ९, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट ३ लाख ३४ हजार ३९ जनाको मृत्यु भएको छ। विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको महामारीले ५१ लाख ८८ हजार ३५६ जना सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा ४ हजार ८०० जनाले ज्यान गुमाएका छन् भने १ लाख ४ हजार ९४५ जनामा सङ्क्रमण पुष्टि भएको छ। अहिले सम्म २० लाख ७८ हजार २०४ जना उपचार पछि निको भएका छन्।

त्यस्तै २७ लाख ७६ हजार ११३ जनाको उपचार भइरहेको छ। साथै उपचाररत मध्ये ४५ हजार ६४५ जनाको अवस्था गम्भीर छ। कोरोना भाइरसको सङ्क्रमणले सबभन्दा धेरै प्रभाव अमेरिकालाई परेको छ। त्यहाँ अहिले सम्म ९६ हजार २६९ जनाको मृत्यु भएको छ। भने १६ लाख १९ हजार ७८७ जना सङ्क्रमित भएका छन्।

यस्तै सङ्क्रमितको आधारमा अमेरिका पछि रुसमा सबैभन्दा धेरैमा सङ्क्रमण देखिएको छ। त्यहाँ अहिले सम्म ३ लाख १७ हजार ५५४ जना सङ्क्रमित भएका छन् भने ३ हजार ९९ जनाको मृत्यु भएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*