कतारमा एक नेपालीलाई मृत्युदण्ड

वेलकम खबर
जेष्ठ ८, २०७७

काठमाडौँ। कतारमा हत्या अभियोग खेपिरहेका एक नेपालीलाई  त्यहाँको सरकारले गोली हानी मृत्युदण्ड दिएको छ। महोत्तरी औराही १ का अनिल चौधरीलाई कतारी नागरिक उमैर मोहम्मद अल रमाजानी अल नुयमीलाई खुकुरी प्रहार गरी हत्या आरोपमा मृत्युदण्ड दिइएको छ। कतारले नेपालीलाई मृत्युदण्ड दिएको यो पहिलो पटक हो।

सन् २०१५ अगष्ट २७ तारिखमा कतार गएका चौधरीलाई सन् २०१७ अप्रिलको पहिलो साता पक्राउ गरेका थिए। उनलाई बचाउन नेपाली दुतावासले प्रयास गरिरहेको थियो। अदालतमा चौधरीका पक्षमा मुद्धा लड्न दुतावासले करिब ६ लाख रुपैयाँ समेत खर्च गरेको थियो। तर तल्लो अदालतको फैसलालाई कतारको सर्वोच्च अदालतले अनुमोदन गरेपछि चौधरीलाई मृत्युदण्ड दिएको हो। पीडितका परिवारले पनि चौधरीलाई माफी दिन अस्वीकार गरेका थिए।

चौधरी कतारमा कार सफा गर्ने कम्पनीमा कार्यरत थिए। मृत्युदण्ड पाएका चौधरीको शवलाई हाल अस्पतालमा राखिएको र नेपाल पठाउन कतारी प्रशासनले अनुमति दिएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*