भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो
काठमाडौँ। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ६४२ जनामा सङ्क्रमण देखिए सँगै त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या १ लाख ३४० पुगेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १३१ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको सङ्ख्या ३ हजार १५६ पुगेको छ।
महाराष्ट्र सबैभन्दा बढी प्रभावित बनेको छ। महाराष्ट्रमा ३५ हजार ५८ सङ्क्रमित भएका छन्। भने मृत्यु हुनेको सङ्ख्या १ हजार २४९ जना पुगेको छ। गुजरातमा ११ हजार ७४६ सङ्क्रमित भएका छन्। भने मृत्यु हुनेको सङ्ख्या ६९४ पुगेको छ। त्यस्तै तमिलनाडुमा सङ्क्रमितको सङ्ख्या ११ हजार ७६० पुगेको छ। भने मृत्यु हुनेको सङ्ख्या ८२ पुगेको छ।
दिल्लीमा सङ्क्रमितको सङ्ख्या १० हजार ५४ जना पुगेको छ। मृत्यु हुनेको सङ्ख्या १६० पुगेको छ। मध्यप्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ हजार २३६ पुगेको छ। भने मृत्यु हुनेको सङ्ख्या २५२ पुगेको छ। राजस्थानमा सङ्क्रमितको सङ्ख्या ५ हजार ५०७ पुगेको छ। भने मृत्यु हुनेको सङ्ख्या १३८ पुगेको छ।
भारत अहिले विश्वभर सबभन्दा धेरै सङ्क्रमित हुने देशहरूको ११ औं स्थानमा रहेको छ। कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्याइएको छ।



















