अमेरिकामा एक नेपाली युवकको मृत्यु

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौँ। अमेरिकामा एक नेपाली युवकको निधन भएको छ। तीन वर्षअघि रोजगारीको क्रममा अमेरिका गएका बागलुङ नगरपालिका–१ खत्री टोलका २५ वर्षीय आशिष केसीको आइतबार निधन भएको हो।

उनी शुक्रबार साथीहरूसँग पौडी खेल्न गएको बेला मेरिल्याण्डको रिची हाईवे नजिकको तलाउमा डुबेका थिए। उनलाई उद्धारकर्ताले उद्धार गरि उपचारको लागि मेरिल्याण्डको युनिभर्सिटी अफ वाल्टिमोर वाशिङ्गटन मेडिकल सेन्टरमा पुर्‍याइएको थियो। तर उनको उपचारको क्रममा आइतबार निधन भएको जनाइएको छ। उनी तीन वर्षदेखि अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका थिए।

मृतक केसीको शव नेपाल ल्याउन वा त्यही अन्तिम संस्कार गरिने बारेमा परिवार र अमेरिकाका नेपाली बिच छलफल भइरहेको बताइएको छ। केसी घरका एक मात्र छोरा हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*