नेपाली युवा दिवेश भए ‘अमेरिकन आइडल’को उपविजेता 

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौँ। नेपाली युवा दिवेश पोखरेल ‘अर्थर गन’ अमेरिकाको गायन रियालिटी शो ‘अमेरिकन आइडल’को उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम ‘अमेरिकन आइडल’ बनिन्। भने दिवेशले  उपविजेतामा चित बुझाउनु परेको छ। आज भएको फाइनल राउन्डका क्रममा भोटिङका आधारमा साम ‘अमेरिकन आइडल’ घोषित भएका हुन्।

दिवेशलाई उपाधिको दाबेदारका रुपमा हेरिएको थियो। यद्यपि, ‘अमेरिकन आइडल’को फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन्। नेपाली कलाकारले हासिल गरेको यो ऐतिहासिक उपलब्धि पनि हो। गत फागुनको पहिलो हप्ता भएको ‘अमेरिकन आइडल’मा अडिसनबाट छनोटसँगै दिवेशको चर्चा एकाएक चुलिएको थियो। उनी सन् २०१४ मा उच्च शिक्षा अध्ययनका लागि काठमाडौंबाट अमेरिका पाइला टेकेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*