मध्यराती ६० इन्सपेक्टरको डिएसपीमा बढुवा

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौं, ५ जेठ ।
नेपाल प्रहरीका ६० इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस भएको छ । आइतबार मध्यराती बढुवा सिफारिस भएको हो ।
बढुवा सिफारिस हुनेहरुमा २०६४ र २०६६ मा बढुवा भएका र २०६७ सालमा भर्ना भएका इन्सपेक्टरहरु छन् । २०६७ का ब्याचबीच चर्काे प्रतिस्पर्धा हुँदा बढुवा लम्बिएको थियो ।

२०६७ को ब्याचबाट संजीवबाबु खड्का पहिलो नम्बरमा परेका छन् । त्यस्तै पंच बाखु, प्रमेश बिष्ट, नवीनराज बुढाथोकी, सूर्य थापा र कुमार मैनाली अग्रस्थानमा परेका छन् ।

राजनीतिक पहुँच नहुँदा केही राम्रा अधिकृत भने छुटेका छन् । मोहनमणि अधिकारी, भोला भट्ट लगायत अधिकृत छुटेका हुन् ।

बढुवा सूचिः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*