दिवेश पोखरेल ‘अमेरिकन आइडल’को टप-५ मा, दुई घण्टा पछि आइडल घोषणा हुने

काठमाडौँ। नेपाली युवा गायक दिवेश पोखरेल अर्थात ‘अर्थर गन’ विश्व कै चर्चित गायन रियालिटि सो ‘अमेरिकन आइडल’को टप-५ मा पुगेका छन्। गत हप्ता टप-७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरूले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो। सोही भोटका आधारमा दिवेश टप-५ मा पुगेका हुन्।
आजको एपिसोडको सुरुवातमै टप-५ को घोषणा गरिएको हो। अघिल्लो साता दिवेश पोखरेल अर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप-७ मा पुगेका थिए।
आजको एपिसोडमै ‘अमेरिकन आइडल’को विजेताको घोषणा हुनेछ। यी टप-५ प्रतिस्पर्धीहरूले आजको एपिसोडमा २–२ गीत गाउनेछन्। एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ। यसैको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ। अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले यसअघि नै अर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको छ।