दिवेश पोखरेल ‘अमेरिकन आइडल’को टप-५ मा, दुई घण्टा पछि आइडल घोषणा हुने

वेलकम खबर
जेष्ठ ५, २०७७

काठमाडौँ। नेपाली युवा गायक दिवेश पोखरेल अर्थात ‘अर्थर गन’ विश्व कै चर्चित गायन रियालिटि सो ‘अमेरिकन आइडल’को टप-५ मा पुगेका छन्। गत हप्ता टप-७ मा पुगेसँगै ७ जना प्रतिस्पर्धीहरूले दिएको प्रस्तुतिका लागि भोटिङ सुरु भएको थियो। सोही भोटका आधारमा दिवेश टप-५ मा पुगेका हुन्।

आजको एपिसोडको सुरुवातमै टप-५ को घोषणा गरिएको हो। अघिल्लो साता दिवेश पोखरेल अर्थर गन, जस्ट साम, जोनी वेष्ट, डिलोन जेम्स, फ्रान्सिस्को मार्टिन, जुलिया गार्गानो र लुइस नाइट टप-७ मा पुगेका थिए।

आजको एपिसोडमै ‘अमेरिकन आइडल’को विजेताको घोषणा हुनेछ। यी टप-५ प्रतिस्पर्धीहरूले आजको एपिसोडमा २–२ गीत गाउनेछन्। एउटा नयाँ ट्युन हुनेछ र अर्को यही सिजनको अगाडिका एपिसोडबाट लिइनेछ। यसैको आधारमा उपाधि विजेताको छिनोफानो हुनेछ। अमेरिकाको चर्चित अवार्ड पूर्वानुमान वेबसाइट गोल्ड डर्बीले यसअघि नै अर्थर गनलाई उपाधिका मुख्य दाबेदार भनिसकेको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*