भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन
ताप्लेजुङ, वैशाख । नेपाली भुमीमा भारतिय हस्तक्षेप बढेको भन्दै ने.क.पा. निकट अनुरास्ववियू ताप्लेजुङले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ ।
भारतले लिपुलेक, लिम्पीयाधुरा र कालापानी लगायतका क्षेत्रमा मानसरोवर सम्मको सडक शिलान्यास गरेपछि देशैभर यसको विरोध हुदै आएको छ । यसै क्रममा ने.क.पा. निकट अनुरास्ववियू जिल्ला संगठनले समेत यसको विरोध जनाएको हो ।
“गो व्याक ईन्डीया, लिम्पुयाधुरा हाम्रो हो, सिमा मिच्न पाईदैन” लगायतका नारा लगाउदै नगर परिक्रमा गरि विरेन्द्र चौकमा कोण सभा गरिएको ने.क.पा. अनुरास्ववियू कार्यालय सदस्य टीका लिम्बूले जानकारी दिनुभयो । अनुरास्ववियू जिल्ला संयोजक डील्ली न्यौपानेको नेतृत्वमा भएको विरोध ¥यालीमा जिल्लाका अनुरास्ववियू निकट विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।



















