कुन देशका छोरी बहादुर छन् भन्ने इतिहास साक्षी छ : रेखा थापा

वेलकम खबर
जेष्ठ ४, २०७७

काठमाडौँ। चर्चित अभिनेत्री रेखा थापाले भारतीय हेपाहा प्रवृत्तिको विरोध गरेकी छिन्। बलिउड नायिका अनुष्का शर्मा निर्मात्री रहेको पाताल लोक नामको सिरियलमा एक महिलालाई गाली गर्नका लागि  निकै तल्लो स्तरको शब्द प्रयोग गरिएको छ।

अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै नेपाली शब्द जोडेर निकै तुच्छ प्रयोग गरिएको छ। यस प्रतिको विरोध गर्दै अभिनेत्री रेखा थापाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै नेपालको भूमि अतिक्रमण गर्नेदेखि सिरियल र फिल्मीमा नेपालको मानमर्दन हुने गरी प्रस्तुत गरिएको भन्दै उनले उक्त कार्यको घोर भर्त्सना गरेकी छिन्।

उक्त सिरियलको निर्माण पक्षले तुरुन्तै माफी माग्न र रेकर्ड बाट हटाउन पनि आग्रह गरेकी छिन्। उनले स्टाटस मार्फत उल्लेख गरेकी छिन्। ‘कुन देशका छोरी बहादुर छन भन्ने इतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्ने सँग सिक्नु छैन।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*