विश्वभर कोरोनाबाट ९६ नेपालीको मृत्यु
काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ९६ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाए अनुसार यो तथ्याङ्क शनिवार साँझ सम्मको हो। सबैभन्दा बढी बेलायतमा ६३ जना नेपालीले कोरोना सङ्क्रमणका बाट मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीहरूको सङ्ख्या १५ पुगेको छ।
संयुक्त अरब इमिरेट्स (युएई)मा ९, साउदी अरबमा २, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्ड्समा १, बहराइनमा १, स्वीडेनमा १ र नेपालमा १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा ७७ जना पुरुष र १९ जना महिला रहेका छन्।
नेपालबाहेक विश्वभर ६ हजार ७ सय ८१ गैरआवासीय नेपालीहरू कोरोनाबाट सङ्क्रमित भएका छन्। कतारमा २ हजार ५ सय, अमेरिकामा १ हजार ६ सय, युकेमा १ हजार २ सय २१, बहराइनमा ३ सय ११, युएईमा २ सय, कुवेतमा ८४, नेपालमा २८१ जना कोरोना सङ्क्रमित भएको एनआरएनएले जनाएको छ।
यसैगरी साउदी अरबमा ६ सय ७४, मलेसियामा ४९, पोर्चुगलमा २९, आयरल्याण्डमा २२, स्पेनमा १३, क्यानाडामा १३, अष्ट्रेलियामा १२, जापानमा १०, माल्दिभ्समा १०, बेल्जियममा ६, स्विट्जरल्याण्डमा ५, जर्मनीमा ४, फिनल्याण्डमा ४, साइप्रसमा ३, न्युजिल्याण्डमा ३, माल्टामा २, हङ्गकङ्गमा २, पोल्याण्डमा २, म्यानमारमा १ र फ्रान्समा १ जना गैरआवासीय नेपाली कोरोना सङ्क्रमित भएका छन्।



















