भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघ्यो

वेलकम खबर
जेष्ठ ४, २०७७

काठमाडौँ। भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८६४ जनामा सङ्क्रमण देखिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ९० हजार ६४८ पुगेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको सङ्ख्या २ हजार ८ सय ७१ पुगेको छ।

भारत अहिले कोरो भाइरस सङ्क्रमणको सबभन्दा धेरै प्रभाव हुने देशहरू मध्ये ११ औं स्थानमा रहेको छ। कोरोना सङ्क्रमण फैलिने क्रम नरोकिएपछि त्यहाँ मार्च २४ देखि लकडाउन जारी गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*