‘डियर लभ’ सार्वजनिक (भिडियोसहित)

वेलकम खबर
जेष्ठ ३, २०७७

काठमाडौँ। नेपाली कथानक वेभ सिरिज ‘डियर लभ’ सार्वजनिक भएको छ। रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतिमा गायक रुकमान लिम्बुको निर्माण रहेको यस वेभ सिरिजको पहिलो एपिसोड युट्युब मार्फत सार्वजनिक भएको हो। प्रेमकथामा आधारित उक्त  ‘डियर लभ’को यसअघि नै टिजर रिलिज भएको थियो।

रुकमान लिम्बूको निर्माण र विवेक रसाइलीको कथा तथा निर्देशन रहेको यस  ‘डियर लभ’मा दिप्सन भट्टराई, करिना कक्षपति, रश्मि भट्ट, रविन बोगटी, किरण चन्द, कल्याण थापा, इशिका जबेगु, पेम्बा छिरिङ शेर्पा, लेविस थापा, विशाल घिमिरे, लक्ष्मी बोहोरा लगायतका कलाकारहरूको अभिनय रहेको छ। प्रेम कथामा आधारित रहेको यस सिरिजलाई युट्युब च्यानल ‘रुबुशा क्रियटिभ वर्कस’ मार्फत शनिबार सार्वजनिक गरिएको छ।

रूपेश थापाको छायाँकङ्न र रामप्रसाद चौधरीको सम्पादन रहेको यस सिरिजको एक वर्ष अघि नै छायाँकङ्न सकिएको थियो। साथै वेभ सिरिजको १० एपिसोड रहेको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*