मदन भण्डारीको जन्म घर संरक्षण गरिने

वेलकम खबर
जेष्ठ ३, २०७७

काठमाण्डौ । जननेता मदन भण्डारीको जन्म घर संरक्षण हुने भएको छ । सरकारले ताप्लेजुङको मैवाखोला गाउपालिका साविक ढुगोसाँघुमा रहेको जन्म घर संरक्षण गर्ने भएको हो ।
आवश्यक रेखदेख साथै संरक्षण नहुँदा घर–संरचना दिनदिनै जीर्ण बन्दै गएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले जननेता भण्डारीको घर संरक्षणको लागि अगाडी बढाएको मन्त्रालयले जनाएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री योगेश भट्टराईले जननेता भण्डारीको घर संरक्षणको लागि आउदो आर्थिक बर्षमा संरक्षणको काम अघि बढाउने तयारी गरेकाे मन्त्री भट्टराईको स्वकीय सचिव प्रेम गुरागाईले बताउनुभयो ।
खर (फुस) को छानो भएको जीर्ण घरको संरक्षण तथा यस ठाउँलाई विशेष स्थलको रुपमा विकास गर््न   लागि सरकार लागि परेको जनाएको हाेे  ।
सोही घरमा नै मदन भण्डारीको जन्म २००९ साल असार १४ गते भएको हो । विसं २०१५ मा गाउँमै एउटा हिउँदे पाठशालामा नै औपचारिक शिक्षातर्फ भण्डारीले शुरु गर्नु भएको थियो । जन्मिएको १५ वर्षसम्म सो गाउँमा नै भण्डारीको जीवन बितेको थियो भने त्यसपछि २०२४ सालमा उनको परिवार ताप्लेजुङबाट मोरङको इटहरामा बसाई सरेको थिए ।
जननेता भण्डारी तत्कालिन नेकपा एमालेका महासचिव हुनहुन्थ्यो । महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ चितवन स्थित दासढुंगामा रहस्य जिप दुर्घटनामा परी निधन भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*