सरकारको नीति तथा कार्यक्रम जनमुखी र परिणाममुखी : राष्ट्रपति भण्डारी

वेलकम खबर
जेष्ठ २, २०७७

काठमाडौं । संघीय संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थक बनाउन सरकारको कार्यशैली सक्षम बनेको बताउनुभयो ।

उहाँले राजनीतिक स्थायीत्वले मात्र जनमतको सम्मान हुने बताउनु हुँदै सरकारको सबै काम प्रष्ट देखिन गरि भइरहेको बताउनु भयो ।

कोभिड १९ नियन्त्रणका लागि सरकारले चालेको कदम सराहनीय रहेको बताउदै उहाँले रोग विरुद्धको संघर्षमा मुलुकमा सबै एकढिक्का हुन पनि आह्वान गर्नु भयो ।

यस पटक मेरो सरकार भन्ने शब्द प्रयोग नगरी सरकारको नीति तथा कार्यक्रम पेश गरिरहनु भएको राष्ट्रपति भण्डारीले बन्दाबन्दीमा मारमा परेकोलाई राहत वितरणमा पनि सरकारले राम्रो भुमिका खेलिरहेको बताउनुभयो । राष्ट्रपति भण्डारीको सम्बोधन जारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*