‘चिनौँ आफ्नो माटो, बनाऊँ आफ्नो देश’ अभियान सञ्चालन गरिने
वेलकम खबर
जेष्ठ २, २०७७
सरकारले ‘चिनौँ आफ्नो माटो, बनाऊँ आफ्नो देश’ अभियान सञ्चालन गर्ने भएको छ ।
यसमार्फत स्नातकोत्तर युवाहरूलाई विकास निर्माण तथा शैक्षिक विकाससम्बन्धी काममा मुलुकभर परिचालन गरिने भएको छ ।
सरकारको नीति तथा कार्यक्रमबारे संसदमा सम्बोधन गर्दै राष्ट्रपति विद्या भण्डारीले उक्त कार्यक्रममार्फत देश विकासमा हरेक युवालाई जोड्ने सरकारको तयारी रहेको बताएकी हुन् ।



















