कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ लाख नाघ्यो

वेलकम खबर
जेष्ठ २, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन लाख नाघेको छ। विश्वभर हालसम्म तीन लाख दुई हजार ११५ मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ। भने विश्वमा सङ्क्रमितको हुनेको सङ्ख्या ४४ लाख ३८ हजार ३७१ पुगेको छ। त्यस्तै सङ्क्रमित मध्ये झण्डै १६ लाख मानिस उपचार पछि निको भइसकेका छन्।

कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको सङ्ख्या ८५ हजार ५ सय ८५ पुगेको छ। यस्तै त्यहाँ कुल सङ्क्रमितको सङ्ख्या १४ लाख १७ हजार ३५० पुगेको छ।

सङ्क्रमितको सङ्ख्या त्यसपछि रुसमा सबैभन्दा धेरै छ। त्यहाँ अहिले सम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ५२ हजार २४५ पुगेको छ। भने मृत्यु हुनेको सङ्ख्या २३ सय पाँच रहेको छ। बेलायतमा अहिले सम्म मृत्यु हुनेको सङ्ख्या ३३ हजार ६९३ पुगेको छ। भने कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार ४४० पुगेको छ। त्यस्तै इटालीमा ३१ हजार ३६८, स्पेनमा २७ हजार ३२१ तथा फ्रान्समा २७ हजार ४२८ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*