कोरोनाको अन्त्य नहुन सक्ने डब्लूएचओको चेतावनी

वेलकम खबर
जेष्ठ १, २०७७

एजेन्सी। विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना भाइरस कहिल्यै अन्त्य नहुन पनि सक्ने चेतावनी दिएको छ। (डब्लुएचओ) का आपतकालीन विभाग निर्देशक माइकल रयानले एक भर्चुअल प्रेस कन्फ्रेन्समा कोरोना रूप बदलेर विश्वमा सधैँ रहन सक्ने सम्भावना रहेको बताएका हुन्।

उनले एचआईभी भाइरसको उदाहरण दिँदै यो अहिले सम्म निर्मूल हुन नसकेको साथै भ्याक्सिन बिना कोरोना भाइरस विरुद्ध प्रतिरोधी क्षमताको विकास हुन वर्षौं लाग्ने पनि बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*