प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

वेलकम खबर
बैशाख ३१, २०७७

काठमाडौं, भारतले नेपाल हुँदै तिब्बत जाने बाटो खोलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साढे चार बजे सर्वदलीय बैठक डाकेका छन् ।बालुवाटारमा हुने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल, पूर्वप्रधानमन्त्री, सीमाविद्लाई डाकिएको छ ।
नेपालको भूमि मिचेर लिपुलेकमा भारतले सडक बनाएको, बढ्दो कोरोना महामारीलगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाइएको हो । गत कात्तिकमा भारतले लिपुलेकलाई समेटेर नक्सा जारी गरेपछि पनि प्रधानमन्त्री ओलीले यस्तो बैठक बोलाएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*