थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या २१९ पुग्यो
वेलकम खबर
बैशाख ३१, २०७७
थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या २१९ पुग्यो
बुधबार मध्यान्हसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्।स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु (५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।
योसँगै कोरोना संक्रमितको संख्या ११९ पुगेको छ।मंगलबार एकैदिन ८३ जनामा कोरोना संक्रमण देखिएको थियो।




















