रुस विश्वको कोरोना प्रभावित देशहरू मध्ये दोस्रो स्थानमा
काठमाडौँ। रुस कोरोना भाइरसबाट सबभन्दा बढि प्रभावित हुने देशहरूको सुचीमा दोस्रो स्थानमा पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९९ नयाँ सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या २ लाख ३२ हजार २ सय ४३ पुगेको छ। यो सँगै रुस कोरोनाबाट सबैभन्दा बढी प्रभावित देशहरूको सूचीको दोस्रो स्थानमा पुगेको हो। भने अहिले सम्म पहिलो स्थानमा अमेरिका रहेको छ।
रुसमा हालसम्म २ हजार १ सय १६ जनाको मात्र मृत्यु भएको छ। स्थानीय मिडिया रिपोर्टस्का अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवलाई पनि कोरोना सङ्क्रमणको पुष्टि भएको छ।
रुस सरकारले भने सङ्क्रमण बढिरहेको बेलामा पनि मङ्गलबारदेखि लकडाउन खुकुलो बनाएको छ। कारखाना, कन्स्ट्रक्सनहरुले काम सञ्चलन गर्ने अनुमति पाएपछि धेरै ठाउँमा काम पनि सुरु भइसकेको छ।



















