भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ७४ नाघ्यो
काठमाडौँ। छिमेकी मुलुक भारमा कोरोना भाइरसको सङ्क्रमण आक्रामक रुपमा बढिरहेको छ। अहिले सम्म त्यहाँ मृत्यु हुनेको सङ्ख्या २४ सय नाघेको छ। पछिल्लो २४ घण्टामा भारतमा थप १२१ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या २४ सय १५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४७५ जना सङ्क्रमित थपिए सँगै सङ्क्रमितको सङ्ख्या ७४ हजार २४३ पुगेको छ। भने अहिले सम्म २४ हजार ४२० जना उपचार पछि निको भएका छन्। साथै ४७ हजार ७०८ जनाको उपचार भइरहेको छ।
कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखि लकडाउन जारी गरिए पनि क्रमिक रुपमा खुकुलो बनाउँदै लगिएको छ। मङ्गलबारदेखि भारतमा सीमित सङ्ख्यामा रेल सेवा सञ्चालन गर्न दिइएको छ।



















