पहिलो पटक नेपालमा स्टाफ नर्सलाई कोरोना सङ्क्रमण

वेलकम खबर
बैशाख ३०, २०७७

काठमाडौँ। नेपालमा पहिलोपटक नर्समा कोरोना सङ्क्रमण भेटिएको छ। कपिलवस्तुको तौलिहवास्थित जिल्ला अस्पतालमा कार्यरत एक नर्समा कोरोना सङ्क्रमण भेटिएको प्रदेश ५ स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज सङ्क्रमण पुष्टि भएका आठ जनामध्ये उनी पनि एक सङ्क्रमित भएको जनाइएको छ। कपिलवस्तु नगरपालिका वडा १ की २५ वर्षीया स्टाफ नर्सलाई कसरी सङ्क्रमण भएको हो भन्नेबारे भने नखुलेको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*