बेलायतमा कोरोनाबाट ६० नेपालीको मृत्यु
वेलकम खबर
बैशाख ३०, २०७७
काठमाडौँ। बेलायतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने नेपालीको सङ्ख्यामा ६० पुगेको छ। लन्डनस्थित नेपाली दूतावासले बेलायतमा सोमबार सम्ममा कोरोनाका कारण ६० जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।
कोरोनाबाट मृत्यु भएका नेपालीमध्ये गोरखा भूतपूर्व सैनिकहरूको सङ्ख्या बढी रहेको जनाइएको छ। दूतावासका अनुसार मृतक ६० मध्ये ४९ जना गोरखा भूतपूर्व सैनिक र तीनका परिवारका सदस्य रहेको बताइएको छ। मृत्यु भएका मध्ये ५० जना पुरुष र १० जना महिला रहेको दूतावासले जनाएको छ।



















