कोरोनाको कहर : मृत्यु हुनेको सङ्ख्या २ लाख ८८ हजार नजिक
काठमाडौँ। कोरोना भाइरसबाट विश्वमा मृत्यु हुनेको सङ्ख्या २ लाख ८८ हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा ३ हजार २ सय ५२ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या २ लाख ८६ हजार ९८६ पुगेको हो। त्यस्तै पछिल्लो २४ घण्टामा ७२ हजार ७ सय ६५ सङ्क्रमित थपिए सँगै कुल सङ्क्रमितको सङ्ख्या ४२ लाख ५० हजार ८६२ पुगेको छ। सङ्क्रमितमध्ये १५ लाख २५ हजार १९३ जना उपचारपछि निको भएका छन्। भने २४ लाख ३८ हजार ६८३ जनाको उपचार भइरहेको छ।
सबैभन्दा बढी कोरोनाको सङ्क्रमण फैलिएको मुलुक अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ८१ हजार ७२४ पुगेको छ। पछिल्लो २४ घण्टामा १७ हजार ४३ जना नयाँ सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ। सङ्क्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन्। अमेरिका पछि सबभन्दा धेरै प्रभाव भएको बेलायतमा अहिले सम्म ३२ हजार ६५ जनाको मृत्यु भएको छ। भने २ लाख २३ हजार ६० सङ्क्रमित रहेका छन्।
स्पेनमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ७ सय ४४ पुगेको छ। त्यस्तै अहिले सम्म २ लाख ६८ हजार सङ्क्रमित भएका छन्। रुसमा पछिल्लो २४ घण्टामा ११ हजार ६ सय ५६ सङ्क्रमित थपिए सँगै सङ्क्रमितको सङ्ख्या २ लाख २१ हजार ३ सय ४४ पुगेको छ। भने मृत्यु हुनेको सङ्ख्या २ हजार ९ पुगेको छ।



















