नेपाली युवा दिवेश ‘अमेरिकन आइडल’को टप ७ मा

वेलकम खबर
बैशाख २९, २०७७

काठमाडौँ। नेपाली युवा दिवेश पोखरेल ‘अमेरिकन आइडल’को टप ७ मा प्रवेश गर्न सफल भएका छन्। आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए। ‘अमेरिकन आइडल’को टप ७ सम्म पुग्ने पोखरेल पहिलो नेपाली हुन्।

अर्थर गनले उपनामले चिनीने दिवेशले अमेरिकाको प्रख्यात गायन रियालिटी शो ‘अमेरिकन आइडल’मा शुरुदेखि नै उनले राम्रो प्रस्तुती दिँदै आएका छन्।

टप ७ सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने सबै प्रति दिवेशले धन्यवाद दिएका छन्। नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास सफल हुँदै गएको बताउँदै उनले आफूलाई भाग्यमानी सम्झेको छु। भन्दै भोट दिनुहुने सबै प्रति आभार व्यक्त गरेका छन्।

https://youtu.be/_b218ewbbfs

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*