बृहस्पति ग्रहको अहिलेसम्मकै स्पष्ट तस्बिर सार्वजनिक
एजेन्सी। बृहस्पति ग्रहको अहिलेसम्मकै स्पष्ट तस्बिर सार्वजनिक भएको छ। नासा र क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले बृहस्पति ग्रहको अहिलेसम्मकै स्पष्ट तस्बिर सार्वजनिक गरेका हुन्।
सौरमण्डलको सबैभन्दा ठूलो ग्रहको रुपमा रहेको बृहस्पति ग्रहको उक्त तस्बिर वायुमण्डलको धुवाँका कारण हुने अवरोधलाई हटाउने प्रविधिको प्रयोग गरेर खिचिएको छ। त्यसकारण यो तस्बिरलाई पृथ्वीबाट लिइएको अहिलेसम्मकै स्पष्ट तस्बिर मानिएको छ।
वैज्ञानिकहरूले नासाको हबल टेलिस्कोप, बृहस्पतिको अध्ययनका लागि त्यसको अक्षमा छोडिएको मानवनिर्मित जुनो प्रोब र अमेरिकाको जेमनाई नर्थ टेलिकोस्पको थुप्रै डाटाको प्रयोगबाट उक्त तस्बिर लिएका हुन्। पृथ्वीभन्दा झन्डै तीन सय गुणा ठूलो रहेको बृहस्पति ग्रहले सूर्यको एक पटक परिक्रमा गर्न १२ वर्ष लाग्ने गर्छ।



















