अमेरिकामा कोरोेनाबाट ८० हजार बढिको मृत्यु

वेलकम खबर
बैशाख २८, २०७७

काठमाडौँ। कोरोना भाइरस सङ्क्रमणको केन्द्रबिन्दु बनेको अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको ८० हजार नाघेको छ। पछिल्लो २४ घण्टामा १४ सय ३८ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या गरि मृत्यु हुनेको सङ्ख्या ८० हजार ३७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार १९५ सङ्क्रमित पुष्टि भए सँगै सङ्क्रमितको सङ्ख्या १३ लाख ४७ हजार ३०९ पुगेको छ। भने अहिले सम्म २ लाख ३८ हजार ७८ जना उपचार पछि निको भएका छन्।

अमेरिकामा अहिले सम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको सङ्ख्या २६ हजार नाघेको छ। भने २६ हजार ७७१ को मृत्यु भएको छ। त्यस्तै सङ्क्रमितको सङ्ख्या ३ लाख ४३ हजार ४०९ पुगेको छ। न्युजर्सीमा ९ हजार ११८ जनाको मृत्यु भएको छ भने अहिले सम्म एक लाख ३८ हजार ५७९ जना सङ्क्रमित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*