खाडीका ६ मुलुकमा कोरोनाको अवस्था
काठमाडौँ। खाडीका ६ मुलुकमा कोरोना भाइरसबाट अहिले सम्म ४८६ जनाको मृत्यु भएको छ। त्यस्तै ८७ हजार १९० जना सङ्क्रमित भएका छन्। खाडीका ६ मुलुक मध्ये सबभन्दा धेरै प्रभाव साउदी अरबमा परेको छ। साउदीमा अहिले सम्म कोरोनाबाट २२९ जनाको मृत्यु भएको छ। भने ३५ हजार ४३२ जना सङ्क्रमित भएका छन्।
साउदी पछि दोस्रो प्रभाव यूएईमा देखिएको छ। अहिले सम्म त्यहाँ १७४ जनाको मृत्यु भएको छ भने १६ हजार ७९३ जना सङ्क्रमित भएका छन्। त्यस्तै कुवेतमा ४७ जनाको मृत्यु भएको छ। भने ७ हजार २०८ जना सङ्क्रमित भएका छन्। ओमानमा अहिले सम्म १६ जनाको मृत्यु भएको छ भने ३ हजार ११२ जना सङ्क्रमित भएका छन्।
कतारमा अहिले सम्म कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। भने २० हजार २०१ जना सङ्क्रमित भएका छन्। त्यस्तै बहराइनमा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ। भने सङ्क्रमितको सङ्ख्या ४ हजार ४४४ पुगेको छ।



















