कोरोना सङ्क्रमितको सङ्ख्या ४० लाख नाघ्यो

वेलकम खबर
बैशाख २७, २०७७

काठमाडौँ। विश्वमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २ लाख ७६ हजार नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा ५ हजार ५०८ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या २ लाख ७५ हजार ९३४ पुगेको हो। त्यस्तै सङ्क्रमित हुनेको सङ्ख्या ४० लाख ११ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा ९६ हजार १८४ जनामा नयाँ सङ्क्रमण देखिए सँगै सङ्क्रमितको सङ्ख्या ४० लाख ११ हजार ५८७ पुगेको छ।

संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन्। अहिले २३ लाख ५३ हजार १२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। भने उपचारतमध्ये ४८ हजार ६६० जनाको अवस्था गम्भीर रहेको छ। चीनको वुहानबाट सुरु भएको यो महामारी विश्वमा सबैभन्दा धेरै सङ्क्रमण अमेरिकामा फैलिएको छ। अमेरिकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२९ जनाको मृत्यु भए सँगै कुल मृतक सङ्ख्या ७८ हजार ५५७ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ २७ हजार ९८६ जना नयाँ सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १३ लाख २० हजार ६०९ पुगेको छ। अमेरिकामा संक्रमितमध्ये २ लाख २२ हजार ९३५ जना उपचारपछि निको भएका छन्।

स्पेनमा २ लाख ६० हजारभन्दा बढी सङ्क्रमित भएका छन्। पछिल्लो २४ घण्टामा कोरोनाबाट २२९ जनाको मृत्यु भएको छ भने ३ हजार २६२ जना नयाँ सङ्क्रमित थपिएका छन्। यो सँगै मृत्यु हुनेको सङ्ख्या २६ हजार २९९ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ११७ पुगेको छ। बेलायतमा अहिले सम्म ३१ हजार २४१ जनाको मृत्यु भएको छ। भने २ लाख ११ हजार ३६४ जना सङ्क्रमित भएका छन्।

इटालीमा पछिल्लो २४ घण्टामा २४३ जनाको मृत्यु भए सँगै मृतकको सङ्ख्या ३० हजार २०१ पुगेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३२७ जना नयाँ सङ्क्रमित थपिए सँगै सङ्क्रमितको सङ्ख्या २ लाख १७ हजार १८५ पुगेको छ। साथै संक्रमितमध्ये ९९ हजार २३ जना उपचारपछि निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*