कुवेतमा २० दिन लकडाउन घोषणा

वेलकम खबर
बैशाख २७, २०७७

काठमाडौँ। कोरोना भाइरसको सङ्क्रमण बढे पछि कुवेतले पनि २० दिने लकडाउन घोषणा गरेको छ। कोरोना भाइरस सङ्क्रमण रोक्नका लागि कुवेत सरकारले आइतबारबाट सुरु हुने गरि देशव्यापी लकडाउन घोषणा गर्को हो। 

कुवेतमा पछिल्लो समय लगातार सङ्क्रमणको सङ्ख्या बढिरहेको छ। शुक्रबार एक दिनमा मात्र कुवेतमा ६ सय ४१ नयाँ सङ्क्रमित थपिएको छ। यो सँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या ७ हजार नाघेको छ। भने अहिले सम्म कोरोनाबाट ४७ जनाको मृत्यु भएको छ। पहिलो पटक कुवेतमा २४ फेब्रुअरीमा सङ्क्रमित भेटिएका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*