सेती प्रादेशिक अस्पताल कोरोनामुक्त
धनगढी। सेती प्रादेशिक अस्पताल कोरोना मुक्त भएको छ। अस्पतालमा उपचाररत थप एक जना शुक्रबार निको भए सँगै अस्पतालबाट डिस्चार्ज भएपछि अस्पताल कोरोना मुक्त भएको हो।
अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका ३४ वर्षीया महिला शुक्रबार निको भई अस्पतालबाट डिस्चार्ज भए पछि सुदूरपश्चिम प्रदेशमा कोरोनाको ‘डेडिकेटेड‘ अस्पतालका रुपमा रहेको सेती प्रादेशिक अस्पताल कोरोना मुक्त भएको छ।
अस्पतालको आइसोलेसनमा पनि कोही शङ्कास्पद बिरामी नरहेको बताइएको छ। उनको आठ पटकसम्म नमूना परीक्षण गरिएको थियो। उनले ३४ दिन अस्पताल बसेर कोरोनालाई जितेकी हुन्। सेती अस्पतालमा उपचाररत अन्य चार जना यसअघि नै डिस्चार्ज भइसकेका थिए।



















