ताप्लेजुङ काँग्रेसले अग्निपीडितलाई बाड्यो राहत

वेलकम खबर
बैशाख २६, २०७७

ताप्लेजुङ, । ताप्लेजुङका अग्निपीडितलाई नेपाली काँग्रेस पार्टीले राहत वितरण गरेको छ । सदरमुकाम फुङ्लिङका अग्निपीडितलाई नेपाली काँग्रेस ताप्लेजुङले बिहीबार राहत वितरण गरेको हो ।

गएको शुक्रबार फुङ्लिङ बजारको पुरानो बैंक लाइन क्षेत्रमा भएको आगलागीबाट पीडित भएका २९ परिवारलाई राहत स्वरुप एक लाख ८५ हजार रुपैयाँ नगद वितरण गरेको छ । काँग्रेसका अनुसार आगलागीबाट घर गुमाएका सात परिवारमध्ये दुई जनालाई प्रतिपरिवार १५ हजार तथा एक घर आंशिक क्षति भएको समेत छ परिवारलाई १० हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको छ ।

यस्तै कोठा भाडामा लिएर पसल÷व्यवसाय सञ्चाल गर्दै आएका ११ जनामध्ये दुई जनालाई ११÷११ हजार रुपैयाँ, दुई जनालाई आठ÷आठ र बाँकीलाई पाँच हजार रुपैयाँका दरले राहत रकम वितरण गरिएको नेपाली काँग्रेस फुङ्लिङ नगर कार्यसमिति सभापति शिवकुमार गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार बाँकी कोठा भाडामा बस्दै आएका ११ परिवारलाई प्रतिपरिवार दुई हजार रुपैयाँका दरले राहत प्रदान गरिएको छ । फुङ्लिङ नगर प्रमुख छत्रपति प्याकुरेल, नेपाली काँग्रेस जिल्ला सभापति लीलादेवी बोखिम लगायतका काँग्रेस जिल्लास्तरीय नेतृत्वहरुको उपस्थितिमा अग्निपीडितलाई राहत रकम वितरण गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*