भारतमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ सय नजिक

वेलकम खबर
बैशाख २६, २०७७

काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमितको सङ्ख्या ५६ हजार नाघेको छ। पछिल्लो  २४ घण्टामा ३३ सय ९० जना सङ्क्रमित पुष्टि भए सँगै कुल सङ्क्रमितको सङ्ख्या ५६ हजार ३४२ पुगेको छ। त्यस्तै २४ घण्टामा भारतमा १०३ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या कुल एक हजार ८८६ पुगेको छ। भने अहिले सम्म १६ हजार ५४० जना उपचार पछि निको भएका छन्।

सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ। विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।

एसियाली मुलुकमा टर्की सबैभन्दा प्रभावित छ। जहाँ ३ हजार ६४१ जनाले ज्यान गुमाएका छन् भने १ लाख ३३ हजार बढी सङ्क्रमित छन्। त्यसैगरी इरानमा ६ हजार ४८६ जनाले ज्यान गुमाएका छन् भने सङ्क्रमितको सङ्ख्या १ लाख ३ हजार १३५ पुगेको छ। त्यसैगरी चीनमा ४ हजार ६३३ जनाको मृत्यु भएको छ, सङ्क्रमितको सङ्ख्या ८२ हजार ८८५ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*