नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

वेलकम खबर
बैशाख २५, २०७७

काठमाडौँ। नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या सय नाघेको छ। बिहीबार कपिलवस्तुका २ पुरूषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १०१ पुगेको हो।

आज थपिएका दुई पुरूषको उमेर १६ र २२ वर्ष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबारमात्रै वीरगञ्जमा दुई महिनाका शिशुसहित एकै परिवारका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यी मध्ये २२ जना निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*