पर्यटन दशक घोषणा गर्ने सरकारको तयारी

लगानीमा साझेदारी, प्रतिफलमा हिस्सेदारीसहित कार्यक्रम आउने
वेलकम खबर
बैशाख २५, २०७७

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी आर्थिक वर्ष २०७७र७८ को बजेटमा पर्यटनको पुनरुत्थानमा जोड दिँदै  पर्यटन दशक मनाउने तयारी शुरु गर्ने भएको छ । मन्त्रालयलेपर्यटन पुनरुत्थानको लागि सरवाईबल,रिभाईल र नर्मलमा आएर पर्ययटन दशक बनाउने भएको हो ।


पर्यटनमन्त्री योगेश भट्टराईले बिहीबार मन्त्रालयलमा आयोजित पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको विषयमा पर्यटन बीटमा काम गर्दै आएका पत्रकारसँग सुझाव लिँदै पर्यटन विकासको लागि लगानीमा साझेदारी, प्रतिफलमा हिस्सेदारी योजनासहित आउने जनाएको छ। यस्तो जानकारी दिएका हुन्। मन्त्री भट्टराईले पर्यटनको विकासमा केन्द्रीय सरकारदेखि स्थानीय तहको संयक्त लगानीमा काम गर्ने र प्रतिफलमा पनि सबै हिस्सेदारी रहने गरी कार्यक्रम अगाडि बढाउन लागेको जानकारी दिए। यसका लागि सातै प्रदेशमा प्रमुख पर्यटकीय एक– एक गन्तव्य विस्तार गर्ने योजनासमेत अगाडि बढाएको उनले जानकारी दिए।

साथै मन्त्राललयले बजेट कटौती गर्न अनावश्यक खरिददेखि भ्रमण र सेमिनारको कार्यक्रम पनि रोक्ने तयारी भएको उनले जनाकारी दिए। मन्त्रालयले बजेटमा नयाँ विमानस्थल विस्तारमा पनि नेताको दबाबमा नपरी आवश्यकताको आधारमा गर्ने गरी मापदण्ड बनाउने उनले बताए। ‘नयाँ विमानस्थल निर्माण ३ वटा मापदण्न्डका आधारमा हुन्छ,’ मन्त्री भट्टराईले भने, ‘अब नयाँ विमानस्थल निर्माणमा पर्यटकीय गन्तव्यको चाप, सेवा दिनुपर्ने हिसाब र व्यवसायिक आधारमा मात्रै हुन्छ।’

सरकारले अन्तरप्रदेश उडानमा निजी वायुसेवा कम्पानीलाई छुट दिने र अनिवार्य रुपमा दूर्गमका पनि उडान गर्नुपर्ने गरी कार्यक्रम बजेटमा ल्याउने उनले बताए। आगामी आर्थिक वर्षभित्रमा नेपाल नागरिक उड्डयन प्राधिकरणको सेवा प्रदायक र नियमक निकाय अगल(अलग गर्ने गरी संसदमा दर्ता भएको विधेयकलाई अनुमोदन गराउँदै काम अगाडि बढाउने मन्त्री भट्टराईले जानकारी दिए। साथै पर्यटन ऐन र पर्वताहरोण तथा पर्यटन प्रतिष्ठान स्थापनको ऐनसमेत बनाउँदै काम अगाडि बढाउने उनको भनाइ छ।

आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा सिजन बेस पर्यटनलाई वर्ष भरीको पर्यटन बनाउन ‘अल टाइम टुरिजम’ अवधारण अगाडि सार्ने तयारी भएको जनाइएको छ। मन्त्रालयले आगामी वर्षको बजेटमार्फत नै कोभिड–१९ अनुभवलाई मध्यनजर गर्दै डाटा प्रणालीको विकास गर्ने मन्त्री भट्टराईले जानकारी दिए।

मन्त्रालयले भूकम्पका कारण क्षत पुगेको सांस्कृति सम्पदाको पुर्ननिर्माण पनि आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी योजना तय भएको जनाएको छ।

नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाँदै रणनीतिक साझेदारी भित्र्याउने विषय पनि मन्त्रालयको प्राथमिकतामा परेको भट्टराईले जानकारी दिए। सन् २०२० भित्रै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने र सञ्चालन गर्ने, पोखरा क्षेत्रीय विमानस्थलको कामलाई निरन्तरता दिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको विषय पनि बजेटमा राख्ने तयारी भएको मन्त्री भट्टराईको भनाइ छ। ‘निजगढ विमानस्थल पनि आगामी वर्षबाट काम थालनी गर्ने गरी काम अगाडि बढाउने छौं,’ उनले भने, ‘यसमा विदेशी लगानी नआएपनि सरकारले आफ्नै खर्चबाट काम थाल्ने छ।’

पर्यटन विदा, विना धितो ऋणको विषय पनि नीति तथा कार्यक्रम र बजेटमा समावेश हुने उनको भनाइ छ।
ग्रेटर हिमालयन, बृहत लुम्बिनी विकास र पशुपति क्षेत्र विकास कोषको मास्टर प्लानसमेत मन्त्रिपरिषदबाट स्वीकृत गराएर काम बढाउने मन्त्री भट्टराईले जानकारी दिए। बृहत लुम्बिनी विकास कोषको काम अगाडि बढाउन लुम्बिनी विकास प्राधिकरण गठन गर्ने समेत तयारी भएको उनले जानकारी दिए।

नेपाल वायुसेवा निगममा जहाज थप्ने विषय पनि प्राथमिकतामा रहेको उनको भनाइ छ। साथै होमस्टेलाई सुधार गर्दै फार्म टुरिजमको अवधारणसमेत अगाडि बढाउने विषयमा छलफल भइरहेको मन्त्री भट्टराईले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*