सुरक्षित रुपमा उभौली पर्व मनाऔ : मन्त्री भट्टराई
काठमाण्डौ । सस्कृति पर्यटन तथा नागरिक उडडन मन्त्री योगेश भट्टराईले बन्दाबन्दीलाई पालना गर्दै आ–आफ्नै घरमा सुरक्षित ढंगले उभौली पर्व मनाउन सवैलाई आग्रह गर्नु भएको छ ।
नेपालका आदिवासी जनजाति राई,लिम्बु,याक्खा,सुनुवार थामी,जिरेल र हायु जातीहरुको चाड उभौली पर्वको अवसरमा शुभकामना दिदै मन्त्री भट्टराईले प्रकृति पुजा किराती समुदायको विशिष्ट सांस्कृतिक चाड भएको बताउनु भएको छ ।
शुभकामना सन्देशमा प्रकृति पुजा किराती समुदायको विशिष्ट सांस्कृतिक परम्परा हो । वसन्त ऋतुको आगमनसँगै खेतीपाती लगाउने समयमा कुनै प्राकृतिक विपत्ति आइ नलागोस्, बालीनाली राम्रो होस् भन्ने कामना सहित प्रकृतिको पूजा गरेर यो पर्वलाई भव्यताको साथ मनाउने प्रचलन रहदै आएको छ । मौसमको परिवर्तनसँगै आफूले पालेका पशुहरुको बथानलाई चिसो स्थान (उभो) लेकतिर गोठ सार्ने परम्परा पनि उत्तिकै विशिष्ट छ ।
शुभकामना सन्देशमा स्वादिष्ट परिकारहरु र नाचगानसँगै खेतीपाती र गोठ सञ्चालन गर्ने यो पर्वको परम्पराले सामूहिक श्रमको उत्कृष्ट प्रचलनलाई समेत सदैव स्मरण गराइरहेको छ ।



















