भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ५३ हजार नजिक

वेलकम खबर
बैशाख २५, २०७७

काठमाडौँ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट छिमेकी मुलुक भारतमा मृत्यु हुनेको सङ्ख्या १ हजार ७ सय नाघेको छ। पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८२ जनाको मृत्यु भए सँगै मृतकको सङ्ख्या भारतमा १ हजार ७८५ पुगेको हो।

भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५८७ जनामा सङ्क्रमण देखिएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५२ हजार ९८७ पुगेको छ। सङ्क्रमितमध्ये १५ हजार ३३१ जना उपचारपछि निको भएका छन्। ३५ हजार ८७१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

महाराष्ट्र, गुजरात, दिल्ली र तमिलनाडु राज्यहरू सबैभन्दा बढी प्रभावित रहेका छन्। सार्क मुलुकमा पनि भारत सबैभन्दा भन्दा बढी कोरोना प्रभावित मुलुकको रुपमा देखिएको छ। विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित मुलुकको सूचीमा भारत १४ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*