नेकपा स्थायी कमिटी बैठक भोलि ११ बजे धुम्बाराहीमा बस्ने

वेलकम खबर
बैशाख २४, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक बिहीबार विहान ११ बजे बस्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा विहान ११ बजे बैठक बस्ने जानकारी प्राप्त भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए ।
अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच बुधबार विहान भएको छलफलपछि बैठक तय भएको हो । बैठकका एजेण्डा र प्रस्तावमाथि छलफल गर्न नेकपा सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ ।

स्थायी कमिटी बैठकको माग गर्दै २० जना नेताले हस्ताक्षर बुझाएपछि यसबीचमा दुईपटक सचिवालय बैठक बसेको थियो ।onlinekahbar

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*