अमेरिकन आइडल टप १० मा पुगेका दिवेशलाई अमेरिकी राजदूत र्‍यान्डी बेरीले गरे प्रशंसा

वेलकम खबर
बैशाख २४, २०७७

काठमाडौँ। विश्वकै चर्चित गायन रियालिटी सो ‘अमेरिकन आइडल’को टप १० मा नेपाली युवा दिवेश पोखरेलाई नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले प्रशंसा गरेका छन्।

‘अर्थर गन’ उपनामले चिनिने दिवेश केही दिन अघि मात्र जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै टप टेनमा पुग्न सफल भएका थिए। दिवेशलाई बुधबार बेरीले ट्वीटमार्फत उनको कलाको प्रशंसा गर्दै आगामी प्रस्तुतिको लागि शुभकामना दिएका छन्। साथै उनले जोन डेनभरको कन्ट्री रोड नेपाली साङ्गीतिक समूह नेपथ्य ब्यान्डको शैलीमा गाएको उल्लेख पनि गरेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*