कोरोनाको सुरुवात भएको वुहानमा झण्डै पाँच महिनापछि खुले विद्यालय 

वेलकम खबर
बैशाख २४, २०७७

एजेन्सी। कोरोना भाइरसको सुरुवात भएको चीनको हुबेई प्रान्तको वुहान शहरमा विद्यालय खुलेको छ। गएको डिसेम्बर महिनामा वुहानमाबाट कोरोनाको सुरुवात भएको थियो। त्यसयता परीक्षाको तयारी गर्नेहरू मात्र विद्यालय जाने गरेका थिए। बुधबारदेखि वुहानका विद्यालयहरू खुलेका छन्। झण्डै पाँच महिनापछि वुहानका बालबालिका विद्यालय गएका हुन्।

वुहानका झण्डै ५७ हजार विद्यार्थी स्कुल फर्किएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ। वुहानका १२१ विद्यालयहरू खुलेका हुन्। कक्षा कोठामा ३० जना भन्दा बढी विद्यार्थी नराख्ने र डेढ मिटरको दूरी कायम गर्ने गरी डेस्कको व्यवस्था गरेर विद्यालय खुलाइएको हो।

चीनको हुबेई प्रान्तमा ३२ दिनदेखि नयाँ सङ्क्रमण देखिएको छैन। चीन अब बिस्तारै लकडाउनको प्रतिबन्ध हटाउँदै गइरहेको छ। चीनमा जनजीवन सामान्य हुँदै गइरहेको छ। चीनमा अहिले सम्म सङ्क्रमितको सङ्ख्या ८२ हजार आठ सय ८३ छ भने चार हजार ६ सय ३३ जनाको ज्यान गएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*