भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ हजार नाघ्यो

वेलकम खबर
बैशाख २४, २०७७

काठमाडौँ। छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ सय नजिक पुगेको छ। मङ्गलबार एकै दिन थप १२७ जनाको मृत्यु भए सँगै मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ९३ पुगेको हो।  त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ९६३ जनामा कोरोना सङ्क्रमण देखिएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ४९ हजार ४०० पुगेको छ।

साथै सङ्क्रमितमध्ये १४ हजार १४२ जना उपचारपछि निको भएका छन्। भने ३३ हजार ५६५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विश्वमा सबैभन्दा बढी कोरोना सङ्क्रमित मुलुकको सूचीमा भारत १५ औं नम्बरमा रहेको छ भने एसियाली मुलुकमा भारत चौथो नम्बरमा रहेको छ।

भारतको राजस्थान, तामिलनाडु, मध्यप्रदेश र केरला राज्यमा उच्च सङ्ख्या कोरोना सङ्क्रमित रहेका छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुई साताको लागि लम्बाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*