दुबईमा कोरोनाबाट एक नेपालीको निधन
काठमाडौँ। कोरोनाबाट यूएईको दुबईमा एक नेपालीको निधन भएको छ। अर्घाखाँची घर भै १५ वर्षदेखि दुबईमा कार्यरत ४७ वर्षीय ती पुरुषको आइतबार मृत्यु भएको हो। स्वास फेर्न तथा ज्वरो आउने समस्या बढेपछि उनलाई बैशाख ५ गते सँगै बस्ने साथीले अस्पताल भर्ना गरेका थिए।
सुरुमा निमोनिया देखिएर अस्पताल भर्ना भएका उनको कोरोना भाइरसको कारण ज्यान गएको बताइएको छ। भेन्टिलेटरमा राखेर उपचार गराइएको उनको आइतबार साँझ मृत्यु भएको दूतावास स्रोतले जनाएको छ।
यस अघि पनि सन्धिखर्क ६ अर्घाखाँची कै सुशील भट्टराईको ज्यान गएको थियो। योसँगै यूएईमा एक हप्ता भित्र अर्घाखाँचीका दुई जनाको मृत्यु भएको छ।



















