फुङलिङ बजार उजाड

वेलकम खबर
बैशाख २३, २०७७

बुद्धिमान परियार

आकाशमा कालो बादल मडारिएको छ
आगोले जलेर घरहरु खण्डहर बनेकोछ,
कोरोनाको कहरले त्रसित मनहरु
डढेलोको डाहले धरधरी रोईरहेकोछ
फुङ्लिङ बजार जलेर उजाड भएकोछ 

दैवले कड्के नजर लाएपछि
कस्को के लाग्दो रहेछ र
सुन्दर बस्ती जलेर खरानी भएकोछ
विक्षिप्त भई मनहरु बहकिइ रहेकोछ 
फुङ्लिङ बजार जलेर उजाड भएको छ

प्रकृतिको नियति या मानवीय भुल
पटक पटक दोहोरिएको छ ?
आगगजनी जान अन्जान जसरी भएपनि
कष्टकर जीवन इतिहास कोरिएको छ
फुङलिङ बजार जलेर उजाड भएकोछ

हृदयका घाउहरु सतहमा देखाएर देखिन्न
पिडितका व्यथाहरु बाहिर खोजेर भेटिन्न
ती घाउमा मलम लगाउन अब सोचौं र लागौं
सहयोगी मनहरु हातेमालो गर्दै अघिबढौं
खण्डहर फुङ्लिङ्लाई पुनर्निर्माणमा सघाऔं

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु