तीन जिल्लाको डिएपी परिवर्तन ताप्लेजुङमा श्रेष्ठ
काठमाडौं, ।प्रहरी प्रधान कार्यालयले तीन जिल्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरफेर गरेको छ । ताप्लेजुङमा महेन्द्र श्रेष्ठ लाई खटाएको छ भने , खोटाङ र दार्चुलाका डिएसपी समेत फेरेको छ ।
खोटाङमा नारायण चिमोरिया तथा दार्चुलामा पदम बिष्टलाई पठाइएको छ । ती जिल्लाका डिएसपी एसपीमा बढुवा भएपछि काज सरुवा गरिएको हो । सरुवा भएर ताप्लेजुङ पुगेका डिएसपी श्रेष्ठ यस अघि नै ताप्लेजुङमा ईनिस्पेक्ट भएर काम गरि सकेका ब्यक्ति हुन ।
बढुवा भएका एसएसपी र एसपीलाई आइतबार प्रहरी प्रधान कार्यालयमा दज्र्यानी चिन्ह लगाउन लागिएको छ। त्यसपछि थप एसपी र डिएसपीको सरुवा र पदस्थापनको तयारी छ ।
यसअघि ६ जिल्लाका एसपी सरुवा गरिएको थियो ।सुनसरीमा कमल थापा, बर्दियामा केदार रजौरे, दाङमा गणेश चन्द, नवलपरासी ९पश्चिम०मा अजय केसी, बाग्लुङमा शारदा चौधरी र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सुनसरीका यज्ञविनोद पोखरेल, बर्दियाका राजेश बाँस्तोला, नवलपरासी९पश्चिम०का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो ।



















