मन्त्री भट्टराईद्धारा ताप्लेजुङको आगलाागी ग्रस्त क्षेत्रको स्थलगत अवलोकन,बिचलित नहुन आग्रह (फोटो फिचर )
ताप्लेजुङ,बैशाख । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले तीनै तहका सरकार साथमा रहेकोले बिचलित नहुन ताप्लेजुङका अग्नि पीडितलाई आग्रह गरेका छन् । ताप्लेजुङ मन्त्री भट्टराईको गृह जिल्ला र निर्वाचन क्षेत्र पनि हो ।

शुक्रराति राति भएको आगलागिग्रस्त क्षेत्रको निरीक्षण पछि पीडित परिवार र सरोकारवालासंग आईतवार बिहान फुङ्लिङमा छलफल गर्दै मन्त्री भट्टराईले पीडित परिवारलाई सरकारले उचित ढंगको व्यवस्थापनमा ध्यान दिनेमा ढुक्क रहन आग्रह गरे ।‘स्थानीय,प्रदेश र संघीय सरकार तपाँइहरुको पुर्नस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको पुननिर्माण कार्यमा तपाँईहरुकै साथमा छ’मन्त्री भट्टराईले भने । उनले पहिलो चरणमा आपतकालिन राहत तथा व्यवस्थापनको कार्य पूरा भएको र कुनै प्रकृयामा रहेकोले अब दीर्घकालिन पुर्नस्थापना तथा पुर्ननिर्माणका लागि सरकारको उचित ध्यान जाने बताए ।

मन्त्री भट्टराईले आपतकालिन राहात तथा पुर्नस्थापनाका लागि स्थानीय तह र स्थानीय सरोकारवालाबाट कार्य पूरा हुदैं आएकोले अब प्रदेश र संघीय सरकारको ध्यान दीर्घकालिन पुर्नस्थापना र पुर्ननिर्माणमा केन्द्रित हुने बचन दिए ।

उनले फुङ्लिङ नगरपालिकाको समन्वयमा जिल्ला बिपद् व्यवस्थापन समितिमार्फत क्षतिग्रस्त घर कुन प्रकार र बनौटका थिए भन्ने समग्र प्रतिबेदन तयार पार्न प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई निर्देशन पनि दिए । प्राप्त भएको प्रतिबेदनमा आधारमा पीडित परिवारको दीर्घकालिन पुर्नस्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाको निर्माण कार्य अघि बढाउन सहज हुने मन्त्री भट्टराईको भनाई छ । मन्त्री भट्टराईले बिपद्बाट पीडित तथा प्रभावित परिवारलाई एउटै मापदण्ड र प्रकृयामा समेटेर दिईने राहत तथा सहयोगका लागि नेपाल सरकारले गृहकार्य गरिरहेको समेत बताए ।
यसका लागि स्पष्ट नीति तथा कार्ययोजनाको तयारी भईरहेको उनको भनाई थियो । राष्ट्रिय बिपद् जाखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलले बारबार आगलागि लगायतका बिपद्बाट समस्या झेलिरहेको ताप्लेजुङका लागि अब फेरी यस्ता घटना दोहोरिन नदिन र पीडित तथा प्रभावित समुदायलाई कसरी व्यवस्थापन गर्ने भन्ने आधार तय गर्न आगलागिग्रस्त क्षेत्रको स्थलगत अवलोकन भएको बताए ।

उनले पीडित तथा प्रभावित समुदायको सुझाव समेतका आधारमा दीर्घकालिन पुर्नस्थापना तथा पुर्ननिर्माणका कार्य अघि बढाउन सकिने बिश्वास समेत लिए । शुक्रराति फुङ्लिङ पुरानो बैंक लाईनस्थित ट्याक्सी स्टेन्ट छेउमा भएको आगलागिमा ८ वटा घर जलेर नष्ट भएका थिए भने २९ परिवारका १ सय २४ जना बिस्थापित भएका छन् ।
आगलागिबाट साढे ७ करोेड बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक प्रतिबेदन जिल्ला बिपद् व्यवस्थापन समितिले तयार पारेको छ ।




















